२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जबरजस्ती यौन कार्यमा लाग्ने महिलाको पीडा, एकैपटक ६/७ जनालाई सेवा दिइन्

काठमाडौं । भारतको गोवामा अन्तर्राष्ट्रिय मानव तस्करीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेसँगै मानव तस्करीमा नेपाल प्रयोग हुने गरेको खुलासा भएको छ । दिल्ली प्रहरीले पक्राउ गरेका व्यक्तिहरूले मध्य एशियाका उज्बेकिस्तानजस्ता देशका गरिब परिवारका महिलाहरूलाई जागिरको प्रलोभन देखाएर नेपाल हुँदै भारत पुर्‍याउने गरेको बयान दिएका हुन । मध्य एशियाका महिलाहरूलाई नेपाल हुँदै भारत पुर्‍याएर यौन कार्यमा लगाउने गरेको प्रहरीको दाबी छ । तस्करहरूको पक्षका वकिलहरूले यी आरोप अस्वीकार गरे पनि बीबीसीले पीडितहरूसँग कुराकानी गरेर यसको पुष्टि गरेको हो ।

ती महिलाहरूले आफूहरूलाई जबरजस्ती यौन कार्यमा लगाइएको दाबी गरेका छन् । उनीहरूले आफूहरूलाई धेरै ग्राहककहाँ पठाइएको तर कहिल्यै पनि त्यसबापत पैसा नदिएको गुनासो पनि गरेका छन । उद्धार गरिएका महिलाहरू आफ्नो देश फर्कन चाहन्छन् । तर भारतमा कानुनी प्रक्रियामा अल्झिएका छन् । भिसा सम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा उनीहरूले मुद्दा खेप्नु परिरहेको छ । मानव तस्करीको प्रत्यक्षदर्शी भएको अभियोग पनि थप केही व्यक्तिहरूलाई छ । भारतको अदालतले प्रत्यक्षदर्शीका रूपमा उनीहरूको बयान दर्ज नगरेसम्म उनीहरू भारतमै बस्नु पर्ने जनाइएको छ । बीबीसी

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस