२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पक्राउ पूर्जी जारी भएका प्रकाण्ड बालुवाटारमा

arrest warrant was issued Prakanda in Baluwatar

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पूर्जी लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ । अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको थियो । २०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पूर्जी जारी भएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस