२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केटीको विवाह गर्ने उमेर २१ वर्ष पुर्‍याउन समिति गठन

काठमाडौं । भारत, हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्द सिंह सुखुले बालिकाको केटीको उमेर २१ वर्ष पुर्याउने अभिव्यक्ति दिएपछि सरकारले यस विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । शुक्रबार जारी एक विज्ञप्तिमा मुख्यमन्त्रीको निर्देशन अनुसार हिमाचल प्रदेशमा केटीहरूको विवाहको उमेर बढाउन विचार गर्न समिति गठन गरिएको कुरा उल्लेख छ । विज्ञप्ति अनुसार यस सम्बन्धमा ६ डिसेम्बरमा एक अधिसूचना जारी गरिएको थियो । यस समितिको अध्यक्षमा सामाजिक न्याय तथा अधिकारिता सचिव एम. सुधा देवी छिन ।

मुख्यमन्त्रीले महिलाको विवाहको उमेर २१ वर्ष पुर्‍याउन सरकारले कानुनी विकल्प खोजिरहेको बयान दिएका थिए । अर्कोतिर महिलाको विवाहको न्यूनतम उमेर १८ बाट २१ वर्ष पुर्याउने केन्द्र सरकारको प्रयास लामो समयदेखि चलिरहेको छ । गत वर्ष नै केन्द्रीय मन्त्री स्मृति इरानीले विवाहको उमेर १८ बाट २१ वर्ष पुर्‍याउने विधेयक लोकसभामा पेश गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस