२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाजामा युद्धविराम गर्ने प्रस्ताव अमेरिकाको भिटोपछि विफल

US President Visit in Israel

काठमाडौं । गाजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषदको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेपछि विफल भएको छ । अमेरिकाले विशेषाधिकार प्रयोग गरेपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकालाई युद्ध अपराधमा मिलीभगत गरेको आरोप लगाएका छन् । अब्बासले गाजामा भएको इजरेली हमलाहरूमा प्यालिस्टिनी बालबालिका, महिला र वृद्ध वृद्धामाथि भएको रक्तपातका लागि अब आफूले वासिङ्टनलाई जिम्मेवार ठहर्‍याउने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो ।

सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । मतदान प्रक्रियामा बेलायत सहभागी भएन् । फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो । सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुँदैन् । अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको आरोप लगाउँदै भिटो गरेको हो । अमेरिकाले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा नगरिएका कारण देखाउँदै समर्थन नगरेको तर्क गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस