२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आचार्य समाजको केन्द्रीय प्रवक्तामा बानेश्वर निवासी रामहरी सर्वसम्मत रुपमा चयन

Ramhari a resident of Baneshwar was unanimously selected as the central spokesperson of the Acharya Samaj

६ असोज, काठमाडौं । आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यसमितिको बैठकले आचार्य बन्धु समाज नेपालको केन्द्रीय प्रवक्तामा रामहरी आचार्यलाई चयन गरेको छ । समाजको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल सरकारका सेवा निवृत्त अधिकृत तथा समाजसेवी आचार्यलाई प्रवक्ता चयन गरेको हो ।

देशभर ७७ वटै जिल्ला, सातै प्रदेश तथा आचार्यहरू भएको देशभरका स्थानीय तहमा आवश्यक परे वडामा समेत बिस्तार गर्दै गरेको आचार्य बन्धु समाज नेपालले संगठन बिस्तार र जिम्मेवारी बाँडफाँडलाईसमेत तिव्रता दिएको छ । रामहरी आचार्य एक अध्ययनशील, अनुभवी तथा आचार्य समाजसम्बन्धी ज्ञान भएको व्यक्तित्व भएको र उहाँले सही जिम्मेवारी पाउँनुभएको केन्द्रीय महासचिव शुभनराज आचार्यले बताए ।
केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष बाबुरामले राखेको प्रस्तावअनुसार केन्द्रीय सदस्यसमेत रहेका नयाँ बानेश्वर काठमाडौं निवासी रामहरी आचार्यलाई केन्द्रीय प्रवक्ता सर्वसम्मत रुपमा चयन गरेको हो ।

प्रवक्ता आचार्यको नम्बर ९८५१२४०३०७ रहेको समाजले सार्वजनिक गरेको छ । आचार्य समाजले आफ्नो थर आचार्य लेखेको जुत्ता कम्पनीका बिरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरोमा निबेदन दिएको केहदिनमा नै रामहरी आचार्यलाई प्रवक्ता बनाएको छ । सञ्चार जगत र आम नागरिकले आचार्य बन्धु समाज नेपालका बारेमा जानकारी लिन चाहेमा प्रवक्तासँग सम्पर्क राख्न सकिनेछ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस