२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस सांसदको घरमा ४०० करोड फेला, गन्न ७ दिन लाग्ने

Dheeraj Jharkhand

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका सांसद धीरज साहूको निवासबाट ठूलो मात्रामा अवैध धन फेला परेको छ । भारत, झारखण्ड राज्यका कांग्रेस सांसद धीरज साहू र उनका नजिकका सहयोगीहरूको घरमा गत डिसेम्बर ६ देखि जारी आयकर विभागको छापा अझै सकिएको छैन् । अहिलेसम्म ४०० करोड ( ४ अर्ब भारु) भन्दा बढीको नगद प्राप्त भइसकेको छ । एकै कारवाहीमा बरामद भएको यो अहिलेसम्मकै ठूलो रकम भएको अधिकारीहरूले बताएका छन् । नोट गणना गर्न अझै २ दिन लाग्ने बताइएको छ ।

कांग्रेस सांसद धीरज साहुसँग यति धेरै नगद भेटियो कि ५ दिनदेखि गणना सकिएको छैन । उता, कांग्रेसले पनि यस प्रकरणमा कुनै सरोकार नभएको प्रतिकृया दिएको छ ।

कांग्रेस नेता जयराम रमेशले धीरज साहुको व्यवसायसँग कांग्रेसको कुनै सरोकार नभएको बताएका छन् । फेला परेको नगदको बारेमा स्वंयम धीरजले मात्र बताउन सक्ने जनाउँदै स्पष्ट पार्नुपर्ने तर्क गरेका छन । पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि धीरज साहु प्रकरणमा प्रदेश कांग्रेस कमिटीसँग जवाफ मागेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस