२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु

नेपालगन्ज, मङ्सिर २९ गते । बाँकेको एक कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिल्लाको राप्तीसोनारी गाउँपालिका–६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारु हुन् ।

आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका इन्स्टिच्युट सञ्चालक थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

उनले सो सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाउँदै थारुको शवलाई पोष्टमार्टमपछि परिवारलाई बुझाएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस