काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘मुरासु’ थप शक्तिशाली बन्दै भारतको आन्ध्र प्रदेशतर्फ अघि बढिरहेको छ। भारतीय मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात नोभेम्बर ३ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किनेछ ।
चक्रवातले जमिनमा प्रवेश गर्दा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर पुग्ने र झोक्कासहित १२० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका पाँच जिल्लामा रेड अलर्ट जारी गरिएको छ। ती क्षेत्रमा अत्यधिक वर्षा र तीव्र हावाहुरीको चेतावनी दिइएको छ।
यसैबीच, आन्ध्र प्रदेश र ओडिशा सरकारले उद्धार तथा राहत टोली तयारी अवस्थामा राख्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरेका छन्। चक्रवात पश्चिम वंगाल, विहार हुँदै नेपालको पूर्वी तथा दक्षिण पूर्वी भागसम्म आउँने आँकलन गरिएको छ । यसले यी क्षेत्रका हिमाली तथा पहाडी क्षेत्रमा मध्यम तथा हल्का बर्षा हुने भनिएको छ ।


