२०८३ कार्तिक १९ गते बुधवार | 2026 November 4th Wednesday

पत्रकार पक्राउ प्रकरणमा बालेन र बेनको रोचक प्रतिक्रिया

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको आदेश बाहेक हुनै नसक्ने दाबी गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा उत्रिएका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले आइतबार फेसबुकमा २८ जना पत्रकारको सूचीबारे व्यङ्ग्यात्मक पोस्ट गरेपछि प्रधानमन्त्री बालेनले पनि त्यसमा रोचक प्रतिक्रिया दिएका छन्।
बेनले पत्रकारहरूलाई मेन्सन गर्दै फेसबुकमा लेखेका थिए, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’ उनको उक्त पोस्टमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार।’

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस