२०८३ कार्तिक १९ गते बुधवार | 2026 November 4th Wednesday

प्रधानमन्त्री बालेनको चेतावनीले राजनीतिमा तरंग

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दिएको चेतवानीले राजनीतिमा तरंग नै आएको छ । उनले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी यस्तो चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’ बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्तिमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि प्रतिक्रिया जनाएका छन्। उनले प्रधानमन्त्रीलाई सही समय कहिले आउँछ ? भनेर सोधेका छन्।

 

 

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस