२०८३ कार्तिक १९ गते बुधवार | 2026 November 4th Wednesday

अमेरिकाकी डाइभर्सिटी भिसा लर्टी २०२७ पछिल्लो अपडेट

Diversity Visa Lottery 2027 Cover

काठमाडौं । अमेरिकाकी डाइभर्सिटी भिसा लर्टी २०२७ को फारम भर्ने समय पर्खिएर बसेकाहरुका लागि दुखद खबर आएको छ । अमेरिकाको सन् २०२७ को डाइभर्सिटी भिसा (डीभी) अर्थात् ग्रीनकार्ड चिठ्ठा कार्यक्रम पुनः सञ्चालन गर्ने प्रक्रिया फेरि अन्योलमा परेको हो ।

अमेरिकाको नवौँ सर्किट पुनरावेदन अदालतका तीन न्यायाधीशको इजलासले तल्लो अदालतले डीभी कार्यक्रम खोल्न दिएको आदेशलाई अस्थायी रूपमा रोकिदिएको हो। यसअघि जिल्ला अदालतले नोभेम्बर १ भित्र डीभी आवेदन प्रक्रिया खुलाउन अमेरिकी सरकारलाई आदेश दिएको थियो। तर ट्रम्प प्रशासनले उक्त आदेशविरुद्ध पुनरावेदन गरेपछि कार्यक्रम तत्कालका लागि रोकिएको हो।

यससँगै नोभेम्बर १ देखि आवेदन खुल्ने अपेक्षामा रहेका लाखौँ इच्छुक आवेदक प्रभावित भएका छन्। डीभी कार्यक्रममार्फत अमेरिकाले वार्षिक ५५ हजारसम्म आप्रवासीलाई स्थायी बसोबासको अवसर दिँदै आएको छ। अदालतमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म सन् २०२७ को डीभी कार्यक्रमको भविष्य अनिश्चित बनेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस