२०८१ बैशाख १७ गते सोमवार | 2024 April 29th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुडिरहेको बसमा युवतीमाथि सामुहिक बलात्कार, क्याबिनभित्र देखियो यस्तो !

काठमाडौं । गुडिरहेको बसमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । भारत, उत्तर प्रदेशबाट जयपुर जाँदै गरेको बसमा एक युवतीमाथि सामूहिक बलात्कार भएको हो । यस घटनामा एक आरोपी पक्राउ परेका छन् । अर्का अभियुक्त फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जानकारी अनुसार यो घटना गत हप्ताको हो ।

यो घटना डिसेम्बर ९ मा कानपुरबाट जयपुर जाँदै गरेको बसमा भएको थियो । जयपुरको कानोटामा राति जब एक यात्रुले बस रोक्नको लागि क्याबिन ढकढक्काए तब यसको खुलासा भयो । प्रहरीले पक्राउ परेका अभियुक्तलाई शनिबार अदालतमा पेश गरी जेल चलान गरेको जानकारी दिएको छ । उत्तर प्रदेशकी ती युवतीले जयपुरको कानोटा प्रहरी चौकीमा एफआईआर दर्ता गराएकी छिन् ।

बस्सीका एसीपी फूलचन्द मीनाले घटनाको अनुसन्धान गरिरहेका छन् । एसीपी मीनाले यस घटनालाई लिएर भने, ‘युवतीको मेडिकल जाँचपछि मजिस्ट्रेटसमक्ष १६४ बयान दिइयो । एक ४२ वर्षीय अभियुक्त पक्राउ परेका छन् । जबकि फरार दोस्रो अभियुक्तको खोजी भइरहेको छ र उनको उत्तर प्रदेशमा भएको घरमा छापा मारिएको छ ।’ पक्राउ परेका दुवै चालक उत्तर प्रदेशका बासिन्दा हुन् ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस