२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केटीले आफ्नो साथीको सम्झनामा लेखेको कविता सुनेर मान्छेहरु बच्चा जस्तै रोए

काठमाडौं । हामी जतिसुकै टाढा भए पनि साथीहरुका लागि मुटुमा भएको ठाउँ अरुले भर्न सक्दैन । यहीँ कारण बच्चा होस्, वयस्क होस् वा वृद्ध होस्, सबैका लागि आफ्नो असल साथी धेरै विशेष हुन्छ । तर जब समयले साथीलाई टाढा लैजान्छ, उसलाई सम्झेर दु:खी हुनु बाहेक हामीसँग अरु विकल्प हुँदैन् । हालै एक युवतीले आफ्नो सामाजिक सञ्जाल खातामा यस्तै भावना साझा गरेकी छिन् ।

श्यानन हेली नामकी केटीले यो भावनात्मक कविता आफ्नो सामाजिक खातामा साझा गरेकी हुन् । कवितामार्फत उनले ‘बाटोमा दुईजना साथी देखे, जो खुसीले हाँसेका थिए । यो देखेपछी मलाई पनि मेरो बेष्टीको याद आयो किनकी दुबैले सबै कुरा बिर्सेर एक अर्काको संगतको मजा लिने गर्थ्यौँ र मनमनै हाँसे’ भनेर लेखेकी छिन् ।

कवितामा श्याननले आफ्नो साथी अहिले समुन्द्र पारी बस्ने र हरेक दिन भेट्न असम्भव भएको कुरा पनि लेखेकी छिन् । यस्तो अवस्थामा बाटोमा देखिने केटीहरू देखेर उनलाई ईर्ष्या हुन थाल्यो, किनकि उनीहरू हरेक दिन एकअर्कालाई भेट्न सक्थे । तर, दुवैजना हुर्किएर आफू जस्तै छुट्टिएर बस्ने सम्भावनालाई भने उनी नर्कान सक्दिँनन् ।

अन्तमा, श्याननले कवितामार्फत आफ्नो साथीलाई भेट्न र आफ्नो पुरानो जीवन फेरि जिउनका लागि आफू जे पनि गर्न तयार रहेको बताइन् । उनले हरेक दिन यसरी नै आफ्नो साथीलाई भेट्न र खुलेर हाँस्न समुन्द्र पारी जान तयार रहेको भनेकी छिन् ।

उनको यो कविता सुनेर अरु पनि भावुक हुँदैछन् । सबैजना आफ्नो साथीलाई सम्झन थालेका छन् । मानिसहरूले प्रतिकृयामा आफ्ना भावना व्यक्त गरे । कतिपयले यो कविता सुनेर ‘बालबालिका जस्तै रोएँ’ भनेर पनि लेखेका छन् ।

कविता सुन्न यहाँ क्लिक गर्नुहोला

 

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस