२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

धनगढीका स्वतन्त्र मेयर गोपी हमाल रास्वपा प्रवेश, के भन्छन् ?

काठमाडौं । शुक्रबार अचानक धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपी हमाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको खबर बाहिर आयो । खबरमाथि टिका टिप्पणी चलिरहेको बेला स्वंयम हमालले खुलेर जवाफ दिनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘आज दैनिकि मिडियाले धनगढी उप’महानगरपालिकाका नगर प्रमुख गोपी हमाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको भन्ने सामाजिक सन्जाल लगायत केही मिडियामा आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उहाँले अगाडि भन्नुभएको छ, ‘मलाई धनगढी उप–महानगरपालिकावासीहरूले २०७९ सालको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रही जुन अपार माया र अत्याधिक मत प्रदान गरि जुन जिम्मेवारी प्रदान गर्नु भएको छ । सो मा टस मस नरहने गरि पुर्ण जिम्मेवारीका साथ जनता प्रति जवाफदेही र उत्तरदायी रहने कुरामा पुर्ण विश्वसनीयता दिलाउन चाहन्छु ।’

मेयर हमाले थप्दै लेख्नुहुन्छ, ‘यहाँहरूको अगाध स्नेह, प्राप्त जिम्मेवारी आफ्नो कार्यकालमा पूरा गर्न अहोरात्र खटिरहने प्रतिवद्दता व्यक्त गर्दै गलत भ्रामक समाचार प्रति केन्द्रित नहुन आग्रह गरि सहि समाचार सम्प्रेषण गर्नहुन मिडिया प्रति अनुरोध गर्दछु । अन्तमा उहाँ सुदूरपश्चिमका निवासी मेरा हितेसी मित्र हुन र हामीले भेटघाट क्रममा तस्बिर लिएको सम्पूर्णमा जानकारी गर्दछु ।’

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस