२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला

A newborn baby was found dead in the toilet of the plane coming from UAE to Kathmandu

काठमाडौं । यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत भेटिएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको बताए । उनले भने, ‘बिहान ९ बजे त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत फेला परेको हो । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ । यसको अनुसन्धान हुँदैछ ।’

विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो । थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस