२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

होटल हैन, छोरीज्वाइँको घरमा सुत्छु भन्दै प्रचण्ड बास बस्न पुगे, मिक्लाजुङमा स्थानीयको घरमा खाना

Prachanda said that he would sleep at his daughter-in-law's house, not at hotel

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझबाट विराटनगरमा छन् । विराटनगरमा आजदेखि सुरु हुने अन्तर्राष्ट्रिय स्तरको मोरङ व्यापार सङ्घले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल विराटनगर आएका हुन् ।

उनी बिहीबार कान्छी छोरी तथा गंगा र ज्वाइँ जीवन आचार्यको विराटनगरस्थित घरमा बसेका हुन् । आचार्य कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री समेत हुन् । प्रधानमन्त्री विराटनगर पोखरीयास्थित ठूलो मिल अगाडि रहेको आचार्यको घरमा बास बसेका हुन् । प्रधानमन्त्रीलाई बासका लागि आयोजकले होटलमा प्रवन्ध मिलाएको थियो । तर प्रचण्डले होटलमा हैन, म छोरी ज्वाइँको घरमा बस्छु भन्दै त्यता जाने तयारी गरे । त्यसपछि त्यता नै सुरक्षाको प्रवन्ध मिलाइयो ।

आज प्रधानमन्त्री दाहाल मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा पुगेर कार्यक्रममा सहभागी हुँदै छन् । आज बिहान १० बजे सुनसरीको इनरुवामा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनको उद्घाटन गरे । प्रधानमन्त्रीले ४००, २२० १३२ र १३३ केभीए प्रणालीमा आधारित सब स्टेसनको उद्घाटन गरेका हुन् ।

त्यसपछि प्रधानमन्त्री दाहाल मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको माओवादी मोरङका संयोजक विजय विश्वासले बताए । प्रधानमन्त्री मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा साढे १२ बजे पुग्ने र त्यसपछि स्थानीयको घरमा खाना खाने कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले बताए । खानापछि प्रधानमन्त्रीले मिक्लाजुङ गाउँपालिका पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गरी दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गर्नेछन् । उनी आजै साँझ काठमाडौं फर्किने छन् ।

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस