२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

आज आइतबार सुनको मूल्य ह्वात्तै घट्यो

gold price today nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १३०० रुपैयाँ घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको हो।

यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १४२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँली तोलामा १४६० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस