२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

शेयर बजारमा लगातार उछाल, एक वर्षयताकै सर्वाधिक कारोबार

nepal share market today

काठामडौं । साताको दोस्रो दिन पनि शेयरबजार उत्साहजनक रुपमा बढेको छ । सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दूमा बन्द भएको छ । यस दिन बजारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको छ ।’

यसअघि गत असार १० गतेमात्रै ६ अर्ब बढीको कारोबार भएको थियो । आज करिब एक वर्षयताकै उच्च कारोबार भएको हो । अघिल्लो दिन आइतबार करिब तीन महिनायताकै उच्च करोबार भएको थियो । आइतबार २७.७५ अंकले बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।’

आज बोटलर्स नेपाल बालाजु, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, वीपीडब्लू लघुवित्त वित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेन्ट को सेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार बजार पूँजीकरण ३१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।’

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस