२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेसबुकले हालै थपेको नयाँ फिचरले तरंग, प्रयोगकर्ताले हेर्ने वेबसाइटको निगरानी गर्ने

A new feature added by Facebook recently

काठमाडौं । फेसबुकले हालै थपेको नयाँ फिचरले तरंग पैदा गरेको छ । अब प्रयोगकर्ताले हेर्ने वेबसाइटको फेसबुकले निगरानी गर्ने छ । फेसबुकले हालै आफ्नो सोसल मिडिया प्लाटर्फममा Link History नामक नयाँ फिचर थप गरेको छ । फेसबुक एपभित्रबाट क्लिक गरिएका कुनै पनि लिंकको डेटा यो फिचरले एउटा विशेष ठाउँमा जम्मा गर्दछ । उसो त प्रयोगकर्ताले यो फिचरलाई बन्द पनि गर्न सक्दछन् । तर फेसबुक एपको डिफल्ट रुपमा लिंक हिस्ट्री फिचर खुल्ला रहेको हुन्छ ।

फेसबुकले प्रयोगकर्तालाई लक्षित विज्ञापन देखाउनका लागि यो फिचरको प्रयोग गर्दछ । विश्वमा प्रविधिमाथिको नियमन कँसिलो बनिरहेको र एप्पल तथा गुगल जस्ता कम्पनीहरुले प्रयोगकर्ताको गोपनियतालाई मजबूत बनाइरहेको बेला मेटाले भने प्रयोगकर्ताका डेटा जम्मा गर्नका लागि नयाँ-नयाँ तरिकाहरु खोजी गरिरहेको छ । र, लिंक हिस्ट्री फिचर यहीँमध्ये एक हो ।

मेटाको यो फिचरमा खास के छ ?

कम्पनीले यसलाई एउटा उपयोगी टूलको रुपमा प्रवर्द्धन गरिरहेको छ । तर यसको वास्तविक कथा भने निकै फरक छ । कम्पनीले यसलाई यस्तो टूल भएको दाबी गरिरहेको छ, जसबाट आफ्नो फेसबुकको ब्राउजिङ गतिविधि प्रयोगकर्ताले एक ठाउँमा सुरक्षित रुपमा पाउँछन् । मेटाका अनुसार यो नयाँ फिचरका कारण प्रयोगकर्ताले कहिल्यैपनि एउटा लिंकलाई दोस्रोपटक मिस गर्ने छैनन् ।

फेसबुकले यो जानकारी एउटा पपअप मेसेजमा दिएको छ र मानिसहरुलाई यो फिचरको प्रयोग गर्नका लागि उक्साइरहेको छ । यद्यपि कम्पनीले आफ्नो पपअप मेसेजमा भनेको छः जब तपाईंले लिंक हिस्ट्रीलाई अनुमति दिनुहुन्छ तब हामी तपाईंका जानकारीहरुलाई विभिन्न मेटा टेक्नोलोजीमा विज्ञापनलाई अझ राम्रो बनाउनका लागि प्रयोग गर्न सकिनेछ ।

मेटाका अनुसार यो फिचरलाई अफ गरेसँगै सो प्रयोगकर्ताको लिंक हिस्ट्री ९० दिनमा डिलिट हुनेछ । फेसबुकको हेल्प पेजका अनुसार लिंक हिस्ट्री फिचर अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन र यसलाई विस्तारै विश्व्यापी रुपमा लञ्च गरिनेछ । मेटालाई सधैंजसो प्रयोगकर्ताका डाटा ट्रयाक गर्ने गरेको आरोप लाग्दछ । केही समय अघिसम्म एप्पल र मेटाले एक अर्काको विरुद्धमा पोस्ट गर्ने गरेका थिए, जसको वास्तविक मुद्दा गोपनीयता नीति थियो । यद्यपि फेसबुक प्रयोगकर्ताका लागि यो पहिलो अवसर हुनेछ जब प्रयोगकर्ताले केही हदसम्म आफ्नो गोपनीयतामाथि नियन्त्रण गर्ने विकल्प प्राप्त गर्नेछन् ।

यसका अलावा मेटाले विभिन्न तरिकाले प्रयोगकर्ताका डेटाहरु जम्मा गर्ने गर्दछ । जब तपाईं फेसबुक वा इन्स्टाग्राममा कुनै लिंकमा क्लिक गर्नुहुन्छ, त्यसबाट एउटा विशेष ब्राउजर खुल्दछ, जुन मेटाको एपमा इनबिल्ट हुन्छ । यो प्रयोगकर्ताको नियमित ब्राउजरमा भने खुल्दैन ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस