२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन विश्वकै सबैभन्दा अवास्तविक ‘हट’ मोडल, सायद तपाईपनि झुक्किनु भयो तर यी मानिस नै हैनन्

This is the world's most unrealistic 'hot' model

काठमाडौं । एमिली पेलेग्रिनी इन्सटाग्राममा आएको चार महिना पनि भएको छैन । तर, उनका १ लाख ५० हजारभन्दा बढी फ्यानहरूले दैनिकरुपमा तारिफ र डेटको प्रस्ताव बर्साइरहेका हुन्छन् । यद्यपि, उनी वास्तविक युवती भने होइनन् ।

पछिल्लो समय एआईले तयार गरिएका सोसल मिडिया इन्फ्लुएन्सरहरु बढेका छन् । यसअघि पनि एआईबाट तयार गरिएको स्पेनिस फिटनेस मोडल एटानाले मासिक हजारौँ डलर कमाइरहेको समाचार आएको थियो । इन्सटाग्राममा आएको चार महिनामा नै एटानाले १ लाख १० हजारभन्दा बढी फलोअर कमाएकी थिइन् । एउटा सञ्चार एजेन्सीले उनलाई तयार गरेको हो । तर, उनी वास्तविक युवतीजस्तै देखिन्छिन् ।

यता च्याटजिपीटीको गाइडलाइन अनुसार तयार गरिएकी एमिलीले पनि मिडियामा राम्रै चर्चा कमाइरहेकी छन् । यस विषयमा विवाद पनि भइरहेको छ ।

‘मैले च्याटजिपीटीलाई एउटा औसत मानिसको सपनाको युवती कस्तो हुन्छ भनेर सोधेको थिएँ,’ एमिलीका अज्ञात निर्माताले भने, ‘मैले ठ्याक्कै त्यही अनुसार उनलाई तयार गरेँ । एमिलीलाई आकर्षक र सबैले मन पराउने बनाउनु मेरो उद्देश्य थियो । म उनलाई सकेसम्म वास्तविक बनाउन चाहन्थेँ ।’

सामाजिक सञ्जालमा आएको चार महिनामा उनले १० हजार डलरभन्दा बढी कमाइसकेकी छिन् । अहिले उनको बहिनी फयोना पेलेग्रिनी पनि तयार भइसकेको छ । उनको पनि ३० हजारभन्दा बढी फलोअर्स रहेका छन् । जुन हरेक दिन बढ्दो छ ।

 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस