२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गरिव बिपन्न परिवारका घरदैलोमा माँ “भगवती”

इटहरी / सुनसरी । प्रतिनिधि सभा सांसद भगबती चौधरीले आफ्नो क्षेत्रका गरिब, दलित तथा विपन्न परिवारलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गर्ने कार्यकम आज तेस्रो दिन पनि जारी छ। तराई मधेसमा हरेक वर्ष शितलहरका कारण गरिब, दलित तथा विपन्न परिवारका ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्तहरु बढी प्रभावित हुने गरेका छन् । आफ्नो क्षेत्रमा पनि हरेक वर्ष यस्ता व्यक्तिहरु शितलहरका कारण आक्रान्त हुने गरेको भन्दै चौधरीले न्यानो कपडाहरु वितरण गर्नु भएको हो। न्यानो कपडा वितरणमा सो क्षेत्रका समाजसेवी, अगुवा राजनीतिक कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

सुनसरी क्षेत्र नं. ३ की सांसद चौधरीले बुधबार इटहरी उप-महानगरपालिका वडा नं ७ पुर्बी मुसहरी मा ४० परिवार लाई न्यानो कपडा तथा भाँडाकुँडा वितरण गर्नु भएको थियो भने हिजो सनिवार दुहवी नगरपालिका वडा नं. ८ सोनापुरका करिब ७० गरिब, दलित तथा विपन्न नागरिकलाई न्यानो कपडाहरु वितरण गर्नु भएको थियो भने आज आइतबार दुहबी १२ पुर्बी कुसाहाका ८० गरिब बिपन्न परिवार लाइ न्यानो कपडा वितरण गर्नु भएको छ।

सांसद चौधरीका नजरमा राजनीति र समाजसेवा एक अर्काका पर्याय हो । राजनीति भनेको जनता र देशकालागि निःस्वार्थ भावनाले गरिन्छ । समाजसेवा समाज र जनताकै लागि गरिने कार्य हो । समाजमा विद्यमान सबै खाले विभेद, असमानता, अज्ञानता हटाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सडकसँगै जनताको आर्थिकस्तर उकास्नकालागि चौधरीले राजनीतिसँगै समाजसेवाका कार्यलाई सँगसँगै लिएर अगाडी बढाईरहनु भएको छ।

राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उहाँको भनाइ थियो। तराइमा चलेको बाक्लो सितलहरको समयमा न्यानो कपडा पाएपछि खुसि हुँदै उपस्थित स्थानीय ले संसद चौधरीको माँ भगवती जिन्दावाद भन्दै नारा समेत लगाएका थिए।

समाज र राजनीति एक अर्काका परिपुरक कुरा हुन । राजनीति बिना समाजिक क्रियाकलाप पूरा हुन सक्दैनन् । समाजमा निष्टाको राजनीति हुनुपर्छ। राजनीति र समाजलाइ स्वस्थ्य बनाउनु सबै तह र तप्पकाका सचेत नागरिकहरुको अहम भुमिका हुन्छ ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस