२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसद चौधरी न्यानो कपडा लिएर निरन्तर गरिब, दलित तथा विपन्न परिवारको घरदैलोमा

इटहरी/सुनसरी । प्रतिनिधि सभा सांसद भगबती चौधरीले आफ्नो क्षेत्रका गरिब, दलित तथा विपन्न परिवारलाई शितलहरबाट बचाउन निरन्तर न्यानो कपडा वितरण गर्दै आउनुभएको छ । सुनसरी क्षेत्र नं. ३ की सांसद चौधरीले शनिबार फरवार्ड माइक्रोफाइनान्स, दिनेश चौधरी स्मृति प्रतिष्ठानसँगको सहकार्यमा दुहवी नगरपालिका वडा नं. ८ सोनापुरका गरिब, दलित तथा विपन्न नागरिकलाई न्यानो कपडाहरु वितरण गर्नुभएको छ। अस्ति इटहरी ७ पुर्बी मुसहरिका करिब ४० घरपरिवार लाई न्यानो कपडा तथा भाँडाकुँडा वितरण गर्नुभएको थियो। त्यसै गरि आज दुहवी नगरपालिका वडा नं. ८ सोनापुरका करिब ७० घरपरिवार लाई न्यानो कपडा वितरण गर्नुभएको छ।

हेर्नुहोस् भिडियो

चुनाब जितेर गएपछि आफ्नो क्षेत्रका जनताबाट लामो समयसम्म गुमनाम हुने परिपाटी विपरित सांसद चौधरी गृह जिल्ला पुगेको बेला जनताका गुनासा, समस्याहरु सुन्न गाउँगाउँ टोलटोल पुग्ने गर्नुभएको छ। घरदैलोमा न्यानो कपडाहरु बोकेर पुग्दा स्थानीयहरु खुसी भएर सांसद चौधरीको प्रसंसा गरेका थिए।

सुनसरी जिल्लाकै सबैभन्दा पिछडिएको क्षेत्रका रुपमा रहेको उप्त निर्वाचन क्षेत्रको विकास र त्यहाँका जनताका समस्यामा उँहा सक्रिय हुने गर्नुभएको छ। बिगत लामो समय सो क्षेत्र बाट कांग्रेस नेता बिजय गच्छेदार ले चुनाव जित्तै आएका थिए। चुनाव पछि अर्को चुनाव नआई गाउँ नपस्ने गच्छेदार को क्षेत्र बाट चौधरीले गत निर्वाचन मा पहिलो पटक सो क्षेत्र बाट गच्छेदार लाई पराजित गर्दै जित हँसिल गर्नुभएको हो।

सांसद चौधरीका नजरमा राजनीति र समाजसेवा एक अर्काका पर्याय हो । राजनीति भनेको जनता र देशकालागि निःस्वार्थ भावनाले गरिन्छ । समाजसेवा समाज र जनताकै लागि गरिने कार्य हो । समाजमा विद्यमान सबै खाले विभेद, असमानता, अज्ञानता हटाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सडकसँगै जनताको आर्थिकस्तर उकास्नकालागि चौधरीले राजनीतिसँगै समाजसेवाका कार्यलाई सँगसँगै लिएर अगाडी बढाई रहनु भएको छ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस