२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा : प्रचण्ड

Prime Minister Pushpa Kamal Dahal Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ताइवान चीनकै अभिन्न अंग भएको बताएका हुन् ।

आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा ‘ताइवान स्वतन्त्रता’बारे नेपालको दृष्टिकोण प्रष्ट पारेको भन्दै उनले भने, ‘हामी फेरि भन्न चाहन्छौं, हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं । ताइवान चीनकै अभिन्न अंग हो । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ रहेको भक्न्दै उनले आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट यो प्रतिवद्धतामा प्रभावित नहुने समेत बताए ।’

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस