२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिलाइको काम गर्दै बनिन् हत्यारा, प्रसादमा विष खुवाउँथिन्, पहिलो महिला सिरियल किलरको कथा ?

KD Kempamma

काठमाडौं । एक महिला जो बाल्यकालमा सिलाइको काम गर्थिन् । विवाहपछि घर खर्च चलाउन अरुको घरमा काम गर्न थालिन् । तर, जसको घरमा काम गरिन्, उनीहरूको जीवनशैलीबाट प्रभावित भइन् । उनलाई मालिकजस्तै बन्ने इच्छा भयो । इच्छा पुरा गर्न उनले सोही घरमा चोरी गरिन् ।

चोरी पत्ता लागेपछि उनी जेल गइन् । जेलबाट छुटेपछि पतिले घरबाट निकालिदिन्छन् । तर, महिलाले आफ्नो भाग्य अर्कै तरिकाले लेख्ने निर्णय गरिन् । धनी बन्ने सपनासहित उनले कम्पनी खोलिन् तर घाटामा जानुपर्यो ।

यहीँबाट उनी अपराधको दुनियाँमा प्रवेश गरिन् । अनि भारतको पहिलो महिला सिरियल किलर भइन् । उनले महिलाहरूलाई भयानक तरिकाले साइनाइड (विष) खुवाएर हत्या गर्थिन् । प्रसादमा विष मिलाएर हत्या गर्ने महिलाको नाम केडी केम्पाम्मा हो । उनलाई मानिसहरु साइनैद मल्लिकाका रुपमा पनि चिन्छन् ।

सयानैद मल्लिका उर्फ केडी केम्पाम्मा कर्नाटकस्थित कागलीपुरा निवासी हुन् । प्रहरीका अनुसार मल्लिकाले मानसिक रुपमा विक्षिप्त भएका महिलाहरुलाई मन्दिर वरपर खोज्थिन् । धनी भए नभएको बारेमा पनि पूरा जानकारी संकलन गर्थिन् । आफू स्वयं भगवानको भक्त भएको भन्दै धनी महिलाहरूको नजिक पुगेर आरती गर्न पुग्थिन् ।

सोही क्रममा उनी पूजाको माध्यमबाट सबै समस्याको समाधान गर्ने भन्दै महिलाहरूलाई फसाउँथिन् । विश्वास गर्ने महिलाहरू उनको सिकार हुन्थे । मल्लिकाको पहिलो शिकार ३० वर्षीया ममता राजन नामकी महिला भइन् ।

उनले पूजाको नाममा ममतालाई खानामा साइनाइड मिलाएर दिएको पाइएको छ । ममताको मृत्युपछि उनका बहुमूल्य सामानहरू लिएर केडी भागिन् । त्यसरी अपराधको दुनियाँमा कदम चालेकी उनी फेरि कहिल्लै रोकिएनन् ।

यसैबीच सन् २००६ मा उनी अर्की महिलाको घर गइन् । आफ्नो योजना अनुसार महिलालाई फसाएर गहना लुट्ने कोसिस गरिन् । तर, ती महिला भाग्यमानी थिइन्, जो बाँच्न सफल भइन् । यस मुद्दामा केडीलाई ६ महिनाको जेल सजाय भयो ।

जेलबाट निस्केपछि उनले आफ्नो अपराध अझ तीव्र गतिमा गर्न थालिन् । उनी छोरा जन्माउन, दम निको पार्न वा विवाहमा सबै कुरा ठीक गर्न सक्छु भन्दै ढोंग गर्थिन् र शिकार बनाउँथिन् । जानकारी अनुसार ७ वर्षमा उनले ७ वटा हत्या र डकैती गरेको देखिन्छ ।

त्यस क्रममा प्रहरीले सबै महिलाको हत्यालाई अनुसन्धान गर्दा मल्लिकासँग एकपछि अर्को गर्दै तार जोडियो । ती सबैको हत्यापछि साइनाइड र मल्लिका कतै न कतै जोडिएको देखिन्थ्यो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गर्यो ।

मल्लिका ३० वर्षीया नागावेनीमा थिइन् । एक हत्यापछि गहना र पैसा लिएर भाग्दै गर्दा प्रहरीले उनलाई बस पार्कबाट पक्राउ गरेको थियो । त्यतिबेला उनीसँग लुटेको सामान पनि थियो ।

मल्लिकाले अपराधको दुनियाँमा के कुरा प्रमाणित गरिन् भने अपराध र अपराधीको कुनै लिंग हुँदैन् । महिला पनि सिरियल किलर बन्न सक्छन् । उनी न मानसिक रोगी थिइन्, न असहाय नै थिइन् । उनमा पैसा कमाउने लत थियो । पैसाको लालचले उनलाई अपराधको दुनियाँमा प्रवेश गरायो । मृत्यु दण्डको सजाय पाएकी उनको सन् २००७ मा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस