२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनताका समस्या सुन्न र सुझाव संकलन गर्न न्यानो कपडा बोकेर संसद चौधरी जनताका घरदैलोमा

इटहरी / सुनसरी। सुनसरी निर्वाचन क्षेत्र न. ३ कि संघीय संसद भगवती चौधरीले गत निर्वाचनमा कांग्रेस नेता बिजय कुमार गच्छ्यादार लाई हराएर निर्वाचित हुनु भएको हो।निर्वाचित भएको १ वर्ष पछि संसद चौधरी जनताका समस्या सुन्न र सुझाव संकलन गर्न जनताको घर दैलोमा पुगिरहनु भएको छ। जनताका घर दैलोमा जाँदा तराइमा बाक्लो सितलहर चलिरहेको ले असाहय, गरिव, बृद्ध-बृद्धा लाई न्यानो कपडा लिएर जाने गर्नु भएको छ।

दुहबी वडा नम्बर १० मा रहेको मुसहरी टोलमा पुगेर संसद चौधरी ले स्थानीयका समस्या सुन्ने बुझ्ने र समाधानका बारेमा छलफल गर्नु भएको छ। उप्त कार्यकम मा सुनसरी निर्वाचन क्षेत्र नं ३ ख का प्रदेस संसद राम देव यादव तथा दुहवी वडा नं १० का वडा अध्यक्ष तुलाराम माझी तथा स्थानीयबुद्दिजिवि एवम् समाजसेवीको उपस्थिति रहेको थियो।

सांसद भगबती चौधरीले केहि दिन यता आफ्नो निर्वाचन क्षेत्रको मुसहर बस्तीका घरपरिवारलाई निरन्तर न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गर्दै आउनु भएको छ। प्रतिनिधि सभा नचलेको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सात्क्षात्कार हुँदै त्यहाँका विकास निर्माणको अनुगन समेत गर्दै आइरहेकी चौधरीले बुधबारबिहिबार इटहरी उपमहानगरपालिका वडा नं. ९ को हरिजन बस्तीका ६५ विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको छ।

सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधार विकासमा जोड दिँदै आइरहनु भएकी चौधरीले पुस माघको जाडोमा कठ्याङ्ग्रिन विवस नागरिकलाई थोरै भएपनि राहत मिलोस भनेर आफ्नो व्यक्तिगत खर्च तथा दिनेस स्मृति प्रतिष्ठान संगको सहकार्यमा मा न्यानो कपडा वितरण गर्नुभएको हो।

आफ्नो क्षेत्रमा पनि हरेक वर्ष यस्ता व्यक्तिहरु शितलहरका कारण आक्रान्त हुने गरेको भन्दै चौधरीले न्यानो कपडाहरु वितरण गर्नु भएको हो। न्यानो कपडा वितरणमा सो क्षेत्रका समाजसेवी, अगुवा राजनीतिक कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

सांसद चौधरीले बुधबार इटहरी उप-महानगरपालिका वडा नं ७ पुर्बी मुसहरी मा ४० परिवार लाई न्यानो कपडा तथा भाँडाकुँडा वितरण गर्नु भएको थियो भने हिजो सनिवार दुहवी नगरपालिका वडा नं. ८ सोनापुरका करिब ७० गरिब, दलित तथा विपन्न नागरिकलाई न्यानो कपडाहरु वितरण गर्नु भएको थियो भने आज आइतबार दुहबी १२ पुर्बी कुसाहाका ८० गरिब बिपन्न परिवार लाइ न्यानो कपडा वितरण गर्नु भएको छ।

सांसद चौधरीका नजरमा राजनीति र समाजसेवा एक अर्काका पर्याय हो । राजनीति भनेको जनता र देशकालागि निःस्वार्थ भावनाले गरिन्छ । समाजसेवा समाज र जनताकै लागि गरिने कार्य हो । समाजमा विद्यमान सबै खाले विभेद, असमानता, अज्ञानता हटाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सडकसँगै जनताको आर्थिकस्तर उकास्नकालागि चौधरीले राजनीतिसँगै समाजसेवाका कार्यलाई सँगसँगै लिएर अगाडी बढाईरहनु भएको छ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस