२०८१ फाल्गुन १ गते बिहिवार | 2025 February 13th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, ४७ बेपत्ता

The death toll in China's landslides has reached 11, with 47 missing

काठमाडौँ । चीनको दक्षिण-पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मंगलबार बिहान जानकारी दिएका छन् ।

चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, ४७ बेपत्ता
झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमबार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् । सोमवार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । विज्ञ समूहको प्रारम्भिक अनुसन्धानले ढलान माथिको ठाडो भीरको क्षेत्रमा खसेको कारण विपद् भएको बताइएको छ । भत्किएको मास लगभग सय मिटर चौडाइ, ६० मिटर उचाइ र औसत मोटाइ ६ मिटर रहेको छ ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस