२०८१ बैशाख ५ गते बुधवार | 2024 April 17th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धरानका मेयर हर्क साम्पाङले खेले फिल्म, खिचियो दृष्य

mayor of Dharan Hark Sampang film shooting

काठमाडौं । धरानका चर्चित मेयर हर्क साम्पाङले चलचित्रमा अभिनय गरेका छन् । गायक समेत रहेका मेयर साम्पाङले नेपाली चलचित्र ‘खजुरे ब्रो’मा विशेष भूमिकामा अभिनय गरेका हुन् । धरानको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले साम्पाङको विशेष भूमिका चलचित्रमा राखिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने बताइएको छ ।

चलचित्रलाई सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । चलचित्रमा महेश त्रिपाठी, रेयर राई, निति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय रहनेछ ।

 

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस