२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

Former Pakistan Prime Minister Imran Khan sentenced to 10 years in prison

१६ माघ, काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् ।

पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् । इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप उनीहरुमाथि थियो । उक्त सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो ।

यसअघि इमरान खानलाई भ्रष्टाचारमा ३ वर्ष जेल सजाय सुनाइएको थियो र उनी हाल काराबासमा छन् । पाकिस्तानमा आउँदो ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा प्रमुख दलका नेता इमरान खान र पार्टी उपाध्यक्ष कुरेसीलाई जेल सजाय सुनाइएको हो ।

 

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस