२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मानव विकास र राष्ट्रको समृद्धिका लागि खेलकुदको विकास अनिवार्य छ : पुर्व मन्त्रि चौधरी

इटहरी / सुनसरी। मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्ययक रहेको पुर्व मन्त्रि एवम् सुनसरी क्षेत्र नं ३ कि माननीय संसद भगवती चौधरीले बताउनु भयो। बुधबार इनरूवा ७ चाँदबेलामा भएको नेपाल खेलकुद महासंघ इनरूवा वडा नं ७ कमिटी गठन कार्यक्रम मा बोल्दै उहाँले भन्नु भयो खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो । मान्छेको शारिरीक, मानसिक स्वास्थ्यसँग गासिएको विषय पनि हो । अब खेलकुद मावन जीविकोपार्जनका नारा बन्नुपर्छ । स्वास्थ्य लाभका नारा बन्नुपर्छ ।राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ।

खेलकुद महासङ्घ सुनसरीको इनरूवा नगर अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सप्पन्न नेपाल खेलकुद महासंघ इनरूवा वडा नं ७ कमिटी गठन भएको छ ।प्रथम सम्मेलनले गणेश सर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । बुधबार इनरूवा ७ चाँदबेलामा भएको कार्यक्रममा सर्माको नेतृत्वमा उपाध्यक्ष अतिस कुमार सिंह सचिव बिसाल खवास, सह सचिव भवानी खवास कोसाध्यक्ष संजय चौधरी सदस्यहरु नबिन चौधरी, साजन चौधरी, हर्ष रुबिन मिया आलम लगायत १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।प्रतिनिधि सभा सदस्य पुर्ब मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोष, जनप्रतिनिधि जय कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताउदैं चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् । स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताउनु भयो।

आफ्नो निर्वाचन क्षेत्र सुनसरीका बिभिन्न ग्रामीण बिपन्न वर्गका घर घरमा पुगेर उनिहरुको समस्याका बारेमा बुझ्दै चिसोले कठ्याङ्ग्रिएर बसेका जेष्ठ नागरिकलाई, बालबालिकालाई कम्मल समेत बितरण गरिरहेकि चौधरीले आफ्ना नागरिकको हरेक दुःख सुखमा साथमा रहने बताउनु भयो।एउटा स्वच्छ र स्वस्थ नागरिकको उत्पादनमा शारिरीक तथा मानसिक विकासको महत्वपूर्ण भूमिका रहेको पनि नेतृ चौधरीले बताउनु भयो।

राष्ट्रको समृद्धिको मार्ग चित्र खेलकुदको विकास हो । खेलकुदलाई उपेक्षा गरेर मुलुक अगाडि बढ्न सक्दैन । आर्थिक विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा विश्व विजेता नेपाल बन्नुपर्छ । खेलकुदको क्षेत्रबाट विकास सम्भव देखिदैगर्दा खेलकुद विकासका लागि सबै क्षेत्र हातेमालो गर्दै एकजुट हुन अब ढिला नगरौं ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस