२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

Chairman of Civil Cooperative Ichcharaj Tamang found guilty of money laundering

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक तथा संविधान सभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको प्रवक्ता कार्कीले बताए ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस