२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

यस्तो छ आज आइतबार सुन–चाँदीको मूल्य

gold price today nepal

काठमाडौं, आइतबार, पुस २२, २०८० । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारपनि सुन–चाँदीको मूल्य स्थिर थियो । बिहीबार भने प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य लगातार तीन दिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबारदेखि चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भयो, शनिबार मूल्य तोकिएन । आज आइतबारपनि प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस