२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

Meeting between Prachanda and Oli at Sinha Durbar

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

दुई नेताबीच समसामयिक विषयमा छलफल भएको स्रोतको भनाइ छ। दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउने प्रयास भइरहेका बेला सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षबीच सिंहदरबारमा संवाद भएको हो । यस्तै आगामी सोमबार प्रतिनिधि सभाको हिँउदे अधिवेशन पनि सुरु हुँदै छ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस