२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा क्यान्सर उपचारका लागि ‘कार टी सेल थेरापी’ पद्धति भित्रियो

काठमाडौं, माघ २१ गते । नेपालमा क्यान्सर उपचारका लागि कार टी सेल थेरापी पद्धति भित्र्याइएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल) ले शनिबार काठमाडौंमा एक कार्यक्रमका बिच क्यान्सर उपचारका लागि अति उच्च प्रविधियुक्त सो थेरापीको प्रयोगशाला सफलतापूर्वक परीक्षण गरिएको जानकारी गराएको हो ।

अमेरिका र युरोपतिर प्रयोगमा ल्याइएको सो प्रविधि नेपालमा पनि उपयोगी हुने देखिएकाले आफूहरुले त्यसको प्रयोगशालाका सफलतापूर्वक परीक्षण कार्य सम्पन्न गरिएको सिआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमले जानकारी दिए । यसमा निकै महङ्गा खालका सामग्रीहरु जडान भएकाले यसको उपचार खर्च पनि धेरै हुने हुनाले नेपालको सन्दर्भमा सहज र सस्तो तरिकाले बिरामीहरुले त्यो प्रविधि उपयोग हुनेगरी आफूहरुले योजना बनाउने काम गरिरहेको पनि उनले बताए ।

सो प्रविधिलाई नेपालमा सस्तो र सहज ढङ्गले उपलब्ध गराउनका लागि अमेरिका, जर्मनलगायतका मुलुकका सम्बन्धित निकायहरुसँग छलफल भइरहेको पनि सिआरएम नेपालले जनाएको छ । ‘‘अब यो जटिल प्रविधि हो । तापनि हामीले साहस बटुलेर हजुरहरुको साथ रहन्छ भन्ने उद्देश्यका साथ हामीले यो चिजलाई प्रयास गरिराखेका छौं । प्रयासस्वरुप हामीले सफलतापूर्वक ल्याबमा स्टाविलिस गर्न सफल भयौं । ल्याबमा हामीले कार्टिसेल जडान गरेर बी सेल क्यान्सरलाई कील गर्छ भनेर डेटा चाहीँ अलिरेडी जेनेरेट गरेका छौं । अब त्यसको उद्देश्य के हो त ? भन्दा जुन प्रोटोकल हामीले स्टाविलिस गरेका छौं ।

,’’ सिआरएम नेपालका सल्लाहकार डा। गौतमले भन्नुभयो, ‘‘त्यसलाई जिएमपी इन्भारोमेन्टमा लगेर प्यासेन्टका लागि प्रोड्युस गर्ने हो । त्यही भएर हाम्रो चाहीँ हरेक दिन इनोभेशनमा टाईम जान्छ । कुन तरिकाले गर्दा सस्तो र सजिलो पर्छ । त्यसमा हामीले सोचिरहेका छौं । यो उच्च प्रविधियुक्त भएको हुनाले हाम्रो देशमा यो सम्भव छ कि छैन भन्ने महत्वपूर्ण प्रश्न हो । अब हाम्रोमा कानुन छैन । यो नयाँ पद्धति भएको हुनाले कानुन छैन । हामीसँग ट्रेन जनशक्ति छैन ।’’

रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको सो उपचार पद्धति नेपालमा प्रयोगमा ल्याउँदा नेपालमा वर्षेनी एक सयभन्दा बढी बिरामीहरु लाभान्वित हुने पनि चिकित्सकहरुले प्रक्षेपण गरेका छन् ।

 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस