२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिड्नीबाट एक करोड ४७ लाख अमेरिकी डलर बराबरको कोकिन बरामद

सिड्नी, माघ २० गते । अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरी बलले सिड्नीको पश्चिमी क्षेत्रमा दुई करोड २५ लाख अस्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको १५ किलो कोकिन बरामद गरेको जनाएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो गुप्तचर प्रहरी डुलविचहिलस्थित घरमा प्रतिबन्धित लागूपदार्थको आपूर्तिबारे सोधपुछका लागि पुगेका थिए ।

घटनास्थलमा पक्राउ पर्नुअघि एक व्यक्तिले गाडीको बुटबाट एउटा झोला निकालेका थिए र अधिकारीहरूले झोलामा एक किलो कोकिनको ब्लक फेला पारेका थिए । स्थानीय समयअनुसार साँझ ५ बजेपछि ड्रममोइनस्थित परिसरमा पक्राउ पुर्जी जारी गरी २२ वर्षीय ती युवकलाई नजिकैको प्रहरी चौकीमा लगिएको थियो ।

ग्यारेजमा खानतलासी गर्दा थप १४ किलो कोकिन फेला परेको थियो । बरामद कोकिनको कुल मूल्य दुई करोड २५ लाख अष्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अपराधीलाई ठुलो व्यावसायिक मात्रामा उक्त प्रतिबन्धित सामान आपूर्ति गरेको दुई अभियोग लगाइएको थियो । उनलाई दुई पटक जमानत दिन अस्वीकार गरिएको छ र उनी अप्रिलमा स्थानीय अदालतमा उपस्थित हुनेगरी हिरासतमा रहनेछन् । रासस/सिन्ह्वा

 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस