२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुकालाई घरमा भव्य स्वागत, मेचीपुल हुँदै आइपुगिन् नेपाल

काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई त्यहाँ नेपाली सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे । उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई नगर परिक्रमा गराइएको थियो ।

धुलाबारी, चारअली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले उनको स्वागत गरे । गृहनगर चारअलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो । उक्त समारोहमा मेनुकालाई सबैलाई धन्यवाद दिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई (तक्मे बुढा) ले मेनुकालाई सम्मान प्रदान गरे । उनी गृहनगर आउँदा सर्वसाधारण बाटोमा माला लिएर प्रतिक्षा गरिरहेको बताइएको छ ।

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शोले उनलाई निकै चर्चा दिलायो । उनले अबको एकवर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा ब्यस्त हुने समेत बताएकी छन् ।

 

 

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस