२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघ्यो

२३ माघ, काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको बैंकले जनाएको छ । गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको हो । असार मसान्तसम्म कुल १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित थियो । अमेरिकी डलरमा भने असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति रकम १६.९ प्रतिशतले बढेको हो ।

हालको आयात आधार मान्दा अहिलेको सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ करोड र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ ।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस