२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छात्रवृत्ति परीक्षा पास गरे तर भर्ना खर्च नहुँदा राहुल नेपालीले एमबीबीएस पढ्न पाएनन्

Rahul Nepali could not study MBBS due to lack of admission expenses

काठमाडौं । राहुल नेपालीले भारतको पन्जाबमा चौकीदारीबाट गरेको कमाइ घर पठाएपछि बल्ल घरमा चुलो बल्छ । कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतिया वनबेहडा घरभएका रोहित ६ सन्तानमध्ये माइला हुन् ।

दुई कठ्ठा ऐलानी जग्गामा उनको आठ जनाको परिवार छ । राहुलले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले गत कात्तिकमा लिएको प्रवेश परीक्षा उत्तीर्ण गरे । तर, आर्थिक अभावमा उनी भर्ना हुनबाटै वञ्चित भएका छन् । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिकास्थित समैजी माध्यमिक विद्यालय मजगाउँबाट एसईईमा ए प्लस ल्याए ।

राहुलले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले गत कात्तिकमा लिएको प्रवेश परीक्षा उत्तीर्ण गरे । तर, आर्थिक अभावमा उनी भर्ना हुनबाटै वञ्चित भएका छन् । सानैदेखि पढाइमा मेधावी राहुलले गोदावरी नगरपालिकास्थित समैजी माध्यमिक विद्यालय मजगाउँबाट एसईईमा ए प्लस ल्याए । उनले पालिकासँग आर्थिक सहायताका लागि सम्पर्कपनि राखे तर सहजिकरण नहुँदा उनको भविष्यको सुनौलो मौका गुम्यो ।

 

 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस