२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन गढीमा सुरु

इटहरी / सुनसरी। थारू साहित्य तथा इतिहास अभिलेख गर्ने उद्देश्यका साथ सुनसरीको गढीमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु भएको छ। गढी गाउँपालिकामा अवस्थित गढी बन सामुदायिक भवनमा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री भगवती चौधरीले गर्नुभयो।

मन्त्री चौधरीले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि आफु गम्भीर रहेको जनाउँदै कला संस्कृति र साहित्यको संरक्षणमा आफ्नो सहयोग र सहकार्य रहने बताउनुभयो। माघ २६ र २७ गते दुई दिन सम्म चल्ने कार्यक्रम हौली परिवार मोरङ र थारू लेखक सङ्घको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र गढी गाउँपालिकाको सहकार्यमा सुरु भएको कार्यक्रम श्रवण कुमार सुतिहारको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा थारु साहित्य पुरस्कारबाट राम सागर चौधरी लाइ नगद ३० हजार र सम्मान पत्रले सम्मान गरेको छ भने सान्ति चौधरीलाइ महिला शसक्तिकरण पुरस्कार बाट सम्मान गरेको छ।
त्यस्तै कार्यक्रममा थारू राष्ट्रिय आयोगका सदस्य भोला राम चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आस नारायण चौधरी, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति बिमल निभा, पुर्व राज्य मन्त्री शेखर दहितको उपस्थित रहेको थियो ।

सम्मेलनको पहिलो दिन सुनसरी मोरङमा थारु केन्द्रीत बिकास प्राथमिकता साथै मानक लेखन, साहित्य लेखनको प्रशिक्षण, थारू गीत, थारू लेख, थारू पुस्तक, तथा स्थानीयस्तरका थारूका मुद्दालाई लिएर बहस तथा छलफल समेत गरिएको हौली परिवार मोरङ सचिव चन्द्र नारायण चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस