२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाल यौन शोषणका आरोपीको सजाय मिनाह गरेकोमा माफी माग्दै हंगेरीकी राष्ट्रपतिको राजीनामा

काठमाडौं । बालबालिकाको यौन शोषण अभियोगमा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफी भएकोमा खेद व्यक्त गर्दै हंगेरीकी राष्ट्रपति केट्लिन नोवाकले राजीनामा दिएकी छन् ।

टेलिभिजनमा लाइभ आएकी राष्ट्रपति नोवाकले आफूबाट गलत व्यक्तिले सजाय माफी पाएकोमा खेद व्यक्त गर्दै पदबाट राजीनामा दिएकी हुन् । गत साता एक सरकारी बालगृहका निर्देशकमाथिको साजय माफी गरेकी थिइन् । ती निर्देशकले यौन शोषणको आरोप फिर्ता लिन बालबालिकामाथि दबाब दिएका थिए ।

राष्ट्रपतिको सजाय माफी सम्बन्धी निर्णयलाई लिएर हंगेरीमा लगातार विरोध र आलोचनासँगै उनको राजीनामा समेत मागिएको थियो । टेलिभिजन लाइभमा आएकी नोवाकले आफूबाट गलत भएको बताएकी छन् ।

सजाय माफीको फैसला स्वीकृति दिने तत्कालीन न्याय मन्त्री जुडित वारगाले प्रधानमन्त्रीभिक्टर ओर्बानको पार्टीको चुनावी अभियानबाट अलग हुने घोषणा गरिसकेकी छन् । गत वर्षको अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएका बेला राष्ट्रपति नोवाकले २५ जनाको सजाय माफी गरेकी थिइन् । सजाय माफी पाएका व्यक्तिहरुको नाम गत सातामात्र सार्वजनिक भयो,जसमा यौन शोषणका आरोपी पनि थिए ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस