२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलेसियामा नेपालीकाे दुखद निधन

काठमाडौं । मलेसियामा एक नेपालीको दुखद निधन भएकाे छ । सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर २ का मेघराज वलीकाे निधन भएकाे हाे ।

मलेसियाको इपाेबेरामा कार्यरत वलीकाे रेलकाे ठक्करबाट निधन भएकाे भनिएकाे छ । तर रेलकाे लिकभन्दा केही पर झाडिमा शव भेटिएकाले मृत्यु शंकास्पद देखिएकाे छ ।

दुखद खबर सुनेपछि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले मृतककाे परिवारलाई तत्कालै दुई लाख उपलब्ध गराउने घाेषणा गरेकाे छ । याे दुखद घडीमा परिवारलाई मल्हम लगाउन तत्काल सहयाेगकाे घाेषणा गरेका छाैं, अध्यक्ष सञ्जय थापाले जानकारी दिए । उनी १५ महिना अघि मात्र मलेसिया आएका थिए । भर्खर बिबाह गरेका उनी श्रीमती र आफन्त छाेडर आएका थिए ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस