२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्याम्पस अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमाथि एमालेको जीत

रुपन्देही । प्यूठानको स्वर्गद्वारी नगरपालिका- ४ स्थित अमर क्याम्पस सञ्चालक समिति अध्यक्षको निर्वाचनमा एमाले पक्षीय उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट उम्मेदवार बनेका स्वर्गद्वारी नगरपालिकाका पूर्वमेयर नेत्रबहादुर रोकाय क्षेत्रीले स्वर्गद्वारी नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुवर्णकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

खसेको ५६ मध्ये ३४ मत पाएर रोकाय निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी श्रेष्ठले २० मत पाएका थिए। २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

माडी क्षेत्रको एकमात्र अमर क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सोमबार निर्वाचन भएको थियो । सञ्चालक समितिको अध्यक्षमा पहिलो पटक मतदान भएको स्थानीयले बताएका छन् । यसअघि सञ्चालक सर्वसम्मत नेतृत्व चयन हुँदै आएको थियो ।

निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस