२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जीवन धान्नका लागि सैद्धान्तिक होइन व्यावहारिक ज्ञान आवश्यक : संसद चौधरी

इटहरी / सुनसरी। प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री भगवती चौधरीले जीवन धान्नका लागि सैद्धान्तिक ज्ञान संग-संगै व्यावहारिक ज्ञान पनि आवस्यक पर्ने बताउनु भएको छ। इटहरी उप-महानगरपालिका वडा नं ८ मा रहेको श्री सरस्वती सतन माध्यामिक बिद्यालय को ७३ औँ स्थापना दिवस समारोहमा बोल्दै पुर्ब मन्त्री भगवती चौधरीले भन्नु भयो व्यक्ति आत्मनिर्भर बन्नका लागि सीपमूलक शिक्षा अनिवार्य हुन्छ । बद्लिँदो समयसँग प्रतिस्पर्धा गर्न र बेरोजगारको संख्या न्यूनीकरण गर्नका लागि प्राविधिक शिक्षा आजको अपरिहार्य आवश्यकता हो ।



हरेक सामुदाइक बिद्यालयम प्राविधिक शिक्षा अनिवार्य गर्न आफुलें पहल गरिरहेको पनि उंहाले बताउनु भयो। सरस्वती सतन माध्यामिक बिद्यालयक पूर्वाधार पनि कम्जोर रहेको, कम्पाउण्ड समेत नरहेको भन्दै उहाले पूर्वाधार निर्मार्ण मा आवस्यक बजेट छुट्याउन पहल गरिदिने वचन दिनु भयो र भन्नु भयो हाम्रा विद्यालय र विश्व विद्यालयमा पढाइने सैद्धान्तिक शिक्षाका माध्यमबाट कुनै रोजगार प्राप्त गर्न सकिएको छैन ।नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् । यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै वर्चस्व देखिएको छ । भारतीयलगायतका नागरिकले यहाँको अर्थतन्त्र बाहिर लगिरहँदासमेत हामी नेपालीलाई यस्ता सीप सिकाउन सकिरहेका छैनौं ।

आफ्नै घर आँगनमा आफ्ना सीपहरू सदुपयोग गरी आयआर्जन र अर्थोपार्जन गर्न सकिन्छ, यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास पनि लिइएको छु। गाउँ–गाउँमा प्राविधिक शिक्षालय खुल्नुपर्ने भन्दै मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि दिनुभयो।

उपत कार्यक्रम मा प्रदेस संसद रोहित कार्की, बिद्यालय व्यवस्थापन समिति अद्यक्ष अरुण चौधरी लगायत बिद्यालयका शिक्षक सिक्षिका एवम बिधार्थी एवम अभिभावक हरुको उपस्थिति रहेको थियो। कार्यक्रम मा उत्कृस्ट, जेहन्दार बिधार्थी हरुलाई पुरस्कार वितरण गरिएको थियो भने जग्गा दाता परिवारका सदस्य लाई सम्मान गरिएको थियो।

विशेष वा विशिष्ट ज्ञान सीप प्राप्त हुने शिक्षा भनेको व्यावसायिक तथा प्राविधिक शिक्षा हो। यो उत्पादनमूखी, रोजगार मूखी र गरीखानको लागि स्वालम्बी आत्मनिर्भर भई जीवनोपयोगी सीपमूलक बनाउने शिक्षा हो। भविष्यको जीवन सँग सम्बद्ध भई कामको लागि सिकाइ (Learning to do) प्राप्त हुने शिक्षा हो। व्यावसायिक कार्यकुशलता अभिवृधि गर्दै शैक्षिक उत्पादनलाई व्यवहारिक जीवनोपयोगी र श्रम बजारसँग सम्बन्धित शिक्षा हो। व्यावसायिक तथा प्राविधिक शिक्षाले व्यक्तिलाई “बोली खाने भन्दा गरी खाने” बनाउँदछ। शिक्षा विकासको आधार हो भने व्यावसायिक तथा प्राविधिक शिक्षा विकासको मूल आधार हो।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस