२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्य झनै ह्वात्तै घट्यो

gold price today nepal

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य झनै ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोपनि सुन तोलामा ३०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्यमापनि भारी गिरावट आएको छ । आज चाँदी तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी मंगलबार १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस