२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

६ फागुन, काठमाडौं । नेपाल दुरुसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो । भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार हुन् ।

मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा सदस्य सचिव प्रमोद जोशीलाई नियुक्त गरेको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस