२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘लघुवित्तको ऋण कदापी मिनाहा हुँदैन, तिर्नु पर्दैन भनेर भ्रम फैलाउनेलाई सरकारले कार्वाही गर्छ’- अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तको ऋण मिनाहा नहुने बताएका छन् । काठमाडौँमा आयोजित चौँथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले जति आन्दोलन र संघर्ष गरे पनि लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण कदापी मिनाहा नहुने बताएका हुन् ।

अहिले लघुवित्त क्षेत्रमा केही समस्या देखिएको भए पनि त्यसको समाधान ऋण मिनाहा नभएको अर्थमन्त्री महतको भनाई छ । त्यस्तै, अर्थमन्त्री महतले हाल लघुवित्त क्षेत्रमा देखिएको सामान्य समस्यालाई केही स्वार्थ समूहले राजनीतिकरण गर्न खोजेको भन्दै आरोप पनि लगाएका छन् । ‘बचतकर्ताको बचतबाट प्रवाह भएको ऋण मिनाहा हुनुहुन्न, हुँदैन ।’, उनले भने, ‘यस्ता अराजक प्रवृत्तिलाई लघुवित्तकै सदस्य र बचतकता मिलेर हराउनुपर्छ ।’

त्यस्तै, ऋण नतिर्न भन्दै ऋणीलाई उकास्नेहरु र भ्रम फैलाउनेहरुप्रति सरकार चुप लागेर नबस्ने भन्दै अर्थमन्त्री महतले त्यस्ता अराजक तत्वलाई कार्वाही गर्ने पनि चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस