२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘घरज्वाइँ’ को सुटिङका लागि दयाहाङ र मिरुना तकसेरामा

Dayahang and Miruna Taksera for the shooting of 'Gharjwain'

रुकुमपूर्व । नायक दयाहाङ राई र नायिका मिरुना मगर चलचित्र छायांकनका लागि रुकुमपूर्वको मगर बस्ती तकसेरा पुगेका छन् । चलचित्रको छायांकन परम्परागत मगर बस्ती तकसेरामा हुँदैछ । भुमे गाउँपालिकाको लुकुमगाउँमा मगर संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ को केही दिन सुटिङको काम सकेर चलचित्र निर्माण टोली मंगलबार पुथाउत्तर गंगा गाउँपालिकाको तकसेरा पुगेको हो । लुकुममा काम सकेर आफूहरु तकसेरा पुगेको निर्माता जनक घर्तीमगरले बताए । ‘लुकुममा करिब २ प्रतिशत छायांकनको काम सकेका छौं,’ उनले भने, ‘अब तकसेरा र आसपासको क्षेत्रमा करिब २५ दिन रहेर काम सक्नेछौं ।’

भिडियो सम्पादनको कामसमेत फिल्डमै सक्नेगरी आफुहरु लागेको निर्देशक अनिल बुढाले बताए । बुढाले यसअघि ‘लोम्बा, आग्रे (दिआईरन डिगर) र अन्तिम भेडीगोठ’ निर्माण तथा निर्देशन गरिसकेका छन् । जीएम मुभी प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको चलचित्रको कथा निर्देशक बुढा स्वयंले लेखेका हुन् भने पटकथा लेखनमा सुवास कोइराला र विनोद खतिवडाले बुढालाई सघाएका छन् ।

असार २८ गते प्रदर्शनका लागि मिति तय गरिसकेको बताउँदै निर्माता घर्तीले चलचित्रको वितरण विदेशमा एमएसएम ईन्टरनेसनल र नेपालभर आरआर फिल्मसले जिम्मा लिएको छ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस