२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

८५५ ग्राम सुनसहित भारतीय नागरिक गफूर पक्राउ

काठमाडौं । दुबईबाट काठमाण्डौ भित्राउन लागेको सुनसहित एक जना भारतिय नागरिक पक्राउ परेका छन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले सोमबार भारतीय नागरिक ३५ वर्षीय सरिफ अहमद अब्दुल गफूरलाई ८५५ ग्राम सुनसहित पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा आइरहेका उनलाई सुराकीले दिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । तीनवटा प्लास्टिकका पोकामा कुल अन्दाजी तौल ८५५ ग्राम सुनसहित गफूरलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका गफूर र बरामद सुन आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस