२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा ३८ वर्षीया महिलासहित ३ जना मृत फेला

Crime murder

९ फागुन, काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस