२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी

९ फागुन, काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेसका नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको पनि जाहेरीमा भनिएको छ । खड्काले सामाजिक सञ्जालमापनि लेखेका छन् ।

आरोपी लामा कुनै बेला गुण्डागर्दीको क्षेत्रमा काभ्रेली समूहको नाइकेका रुपमा चिनिन्थे । पछि उनी विजयकुमार गच्छदारसँग नजिकिएर मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा आवद्ध भए । पछि फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए । २०७४ सालमा काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचन लडेका उनी पराजित भए । पछि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेर उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस