२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमती, छोरी र नातिनी मारेर छोरालाई तेरो परिवार सिध्याए भनेर फोन गर्दै राजु रुखमा झुण्डिए

९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले सूचना दिँदै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् ।

आफन्तका अनुसार ईश्वरीको दोस्रो बिहे थियो । पहिलो श्रीमानबाट भएको छोरा विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठसँगै बस्दै आएकी थिइन् । राजु र ईश्वरीका १५ वर्षका छोरा र ८ वर्षकी छोरी अनिशा थिए । अरु दिनझैं बुधबार बिहान पनि बुहारी बिहानै काममा गएकी थिइन् । राजुले १५ वर्षका छोरालाई भने १०० रुपैयाँ दिएर गुलमारी किन्न पसल पठाएका थिए ।

त्यसपछि घरमा भएका तीन जनाको हत्या गरे । बिहान करिब ९ बजेतिर ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी र नातिनीको हत्या गरेपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै छोरा र ससुरालीमा फोन गरेका थिए । त्यसपछि स्थानीय घटनास्थलमा पुगेको तरकारी पसल चलाउने फुलमाया स्याङ्बोले बताइन् ।

हत्या राजुले नै गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी थाल्यो । तर घरभन्दा केहीपर नागार्जुन जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस